आमसञ्चार विधेयक दसैं अगाडि सदनमा पेस गर्ने तयारी

बुधबार, भदौ १९, २०८१

कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले आमसञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको प्रस्तावित विधेयक सदनमा पेस गर्ने तयारी भएको बताएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सुनसरी शाखाको संयोजनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सुशासन, विधिको शासन र सत्यतथ्यमा आधारित भएर स्वच्छ निष्पक्ष पत्रकारिताको आधार तयार गर्नका लागि विधेयक पेस गर्ने तयारी भएको मन्त्री अधिकारीले बताए ।

पत्रकारको हितका लागि व्यावसायीक हित, पेशागत सुरक्षासमेतलाई ध्यानमा राखेर कोशी प्रदेश आमसञ्चार माध्यम व्यवस्थापन ऐन २०८१ दसैं अघि नै ल्याउने गरी तयारी भइरहेको उनले जानकार दिए । विधेयकको मस्यौदाका लागि मन्त्रालयले अग्रज पत्रकार संघ तथा संस्थासँग सुझाव संकलन गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्