नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घट्यो, कति भयो कारोबार ?

बुधबार, भदौ १९, २०८१

साताको कारोबारको चौथो दिन आज सेयर बजारमा पहिरो गएको छ । सोमबार र मंगलबार बढेको बजार परिसूचक बुधबार भने २७ सयको विन्दुमा ओर्लिएको छ ।

आज नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ को विन्दुमा पुगेको छ । आज ३२० कम्पनीका १ लाख ३७ हजार १ सय ६३ पटकको कारोबारमा २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

३१ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ भने एउटा कम्पनी स्थिर रहेको छ । १२ उपसमूहमध्ये सबै राताम्मे हुँदा जीवन बीमा सर्वाधिक घटेको छ । आज नेपाल फाइनान्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्