सोसल मिडिया
युनिकोड
अर्थमन्त्रालयमा थप एक महाशाखा जन्माईएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई दुई फ्याक पारेका छन् ।
सहसचिव नारायणप्रसाद रिसालले नेतृत्व गर्दै आएको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई दुई वटा बनाईएको हो।
उक्त महाशाखालाई वित्तीय क्षेत्र व्यवस्थापन र संस्थान समन्वय महाशाखा बनाईएको छ । वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको जिम्मा नारायणप्रसाद रिसालले पाएका छन् भने संस्थान समन्वय महाशाखाको जिम्मा दीर्घराज मैनालीले पाएका छन् ।
मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट मन्त्रालय तानिएका थिए । उनी अहिलेसम्म जिम्मेवारीविहीन थिए । अब संस्थान समन्वय महाशाखाको जिम्मा पाएका छन् । योसँगै अर्थ मन्त्रालयमा महाशाखाको संख्या १० पुगेको छ । मैनाली प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला र ओलीको निर्वाचन क्षेत्रका हुन् भने रिसाल ईलामका हुन्।