कतारका राजा सोल्टी गएर सुत्ने, बिहान सबेरै द्वारिका पुगेर प्रचण्डसँग आँखा जुधाउने 

मंगलबार, वैशाख ११, २०८१

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार साँझ काठमाडौँ आउंदैछन्। बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौँ उत्रने भएका हुन् ।

अमिरले नेपाल आएलगत्तै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोज (डिनर)को आयोजना गरेका छन् ।  

सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरु पनि सहभागी हुने बताइएको छ ।

बुधवार १०ः३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

अमिर शेख बुधवार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्