प्रचण्डले अब जनताको राउण्ड किक हनाउने, कार्यकर्ता त्यतै खन्याउने 

बिहीबार, भदौ २०, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले संविधानविपरीत अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार शहीद शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राउण्ड किक हानेको जस्ता अभिव्यक्ति दिएको बताउँदै भने, ‘प्रचण्डलाई राउण्ड किक हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’ यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताले संविधानको व्यवस्थाविपरीत बोलेको गुनासो गरे । उनले भने, ‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ ।’

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्