सोसल मिडिया
युनिकोड
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ३ जनाको नाम सिफारिस भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा बनेको सीईओ छनोट उपसमितिले ३ जनाको नाम बोर्डमा सिफारिस गरेको छ ।
छनोट उपसमितिमा मिलन देवकोटा र मदन आचार्य सदस्य छन् । उपसमितिले पूर्व सीईओ धनन्जय रेग्मी, दीपकराज जोशी र ज्ञानेश्वर महतोलाई सिफारिस गरेको छ ।
भदौ १७ र १८ गते उम्मेदवारहरूबीच प्रस्तुतीकरण र अन्तर्वार्ता भएको थियो । उम्मेदवारको व्यावसायिक कार्ययोजना, शैक्षिक योग्यता र अनुभवलाई आधारमा ३ नाम सिफारिस गरिएको जनाइएको छ ।