बालवयमा फर्किएर प्रधानमन्त्री ओलीले दिए तीजको शुभकामना 

शुक्रबार, भदौ २१, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गरेका हुन् ।

तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व रहेको उनको भनाइ छ । उनले तीज पर्वले हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

उनले समाजिक सञ्जालको फेसबुक पेजमा लेखेका छन् ‘आज देशैभर तीजको रौनक छ । बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खूब मन पथ्र्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैं आउने दिन गन्न थाल्थ्यौं । तपाईहरुको तीज रमाइलो रहोस्, स्वस्थ्य राम्रो रहोस्, तीजको शुभकामना ।’

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्