आज निजामती सेवा दिवस, ४० जनालाई प्रधानमन्त्रीले पुरस्कार सहित सम्मान गर्ने 

शनिबार, भदौ २२, २०८१

निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

आज शनिबार सिंहदरबार परिसरमा आयोजना हुने निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिँदै छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्