सोसल मिडिया
युनिकोड
चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्यापनका लागि मेडिकल कलेजहरूको सिट निर्धारण गरेको छ ।
सिट निर्धारणमा झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ । यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ ।
यस्तै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।
प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् ।