आज कता-कता पर्छ पानी ? यस्तो हुनेछ दिनभरीको मौसम 

आइतबार, भदौ २३, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

यतिबेला (आइतबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्