सोलार बत्ती जडान गर्ने योजनामा बढी खर्च देखाएर राज्य ठग्ने ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

आइतबार, भदौ २३, २०८१

सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । तिरहुत गाउँपालिका वडा नं. १ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा वास्तविकताभन्दा बढी खर्च देखाएको भन्दै उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो ।

मुद्दा पर्नेमा सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह, इन्जिनियर उग्रानन्द पाठक र सब–इन्जिनियर जागेश्वर मण्डल, तत्कालीन गाउँपालिका उपाध्यक्ष, योजना अनुगमन समितिको संयोजक लगायत सदस्यहरू रहेका छन् ।

त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष रहेका छन् । उनीहरूले आ.व. २०७४/०७५ मा तिरहुत गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यमा कम काम गरी बढी काम गरेको देखाउँदै ६ लाख ४५ हजार ६६५ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ग) र (ङ) साथै, दफा ८ को उपदफा ४ बमोजिमको कसुरमा बिगो ६ लाख ४५ हजार ६६५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्