वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि हान्निए चीन

आइतबार, भदौ २३, २०८१

पूर्व अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि आइतबार चीन प्रस्थान गरेका छन्।

पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीमगरसहित पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन्। उनी एअर चाइनाको उडान नम्बर ४३८ मार्फत छेन्दु हुँदै चीन उडेका हुन्।

चीनमा वंशाणुगत जन्डिसको उपचार गराउँदै आएका उनी नियमित फलोअपका लागि त्यसतर्फ लागेको उनको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्