सत्ता साझेदार दलहरूको बैठक आज, देउवा र ओलीले गाँठो कस्ने 

सोमबार, भदौ २४, २०८१

सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको हो। आज बस्ने बैठकमा सरकारका कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, अर्थमन्त्री विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो ।

उक्त छलफलमा न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको छ ।

त्यसलाई अन्तिम रूप दिन र सरकारको नीति कार्यक्रम र बजेटसमेत आइसकेको अवस्थामा न्यूनतम साझा कार्यक्रम कसरी तय गर्ने र सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा दलहरूबीच छलफल हुन लागेको हो ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्