सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद् बैठक आज बस्दैछ। आज साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो।
आजै सत्तारुढ दलको बैठक आज बस्दैछ। सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलोपटक सत्तारूढ दलहरूको बैठक बस्न लागेको हो।
बैठक सोमबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। सत्तारुढ दलको बैठक सकेपछि ओलीले क्याबिनेट डाकेका हुन्।
सरकारले ल्याउने सरकारको न्यूनतम् साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको हो।