सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

सोमबार, भदौ २४, २०८१

सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्