दुई घण्टा ढिलो गरि मन्त्रिपरिषद् बैठक बालुवाटारमा

सोमबार, भदौ २४, २०८१

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ । यसअघि सिंहदरबारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक सोमबार बालुवाटारमा बसेको हो।

आजको यो बैठक नियमित हो । साँझ ६ बजे बोलाइएको बैठक सत्ता गठबन्धनको बैठकका कारण करिब दुई घण्टा ढिलो गरि सुरु भएको छ । दुई दर्जन हाराहारी सहसचिवको सरुवा हुँदैछ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्