ओली सरकारको मन्त्रिपरिषद् बैठकले के- के गर्यो निर्णय ?

सोमबार, भदौ २४, २०८१

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यी दुवै सरकारी स्वामित्वका कम्पनी हुन्। 

त्यस्तै सरकारले पूर्वउपसभामुख एवं नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकै नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएपछि उक्त ठाउँ रिक्त थियो।

सरकारले गरेको राजदूत सिफारिस समावेशी नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले आफ्नो कोटाबाट मधेसी समुदायकी यादवलाई राजदूत बनाएर पठाउन लागेको हो।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति दिनेछन्। 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्