प्रतिनिधिसभा बैठकमा दुई मन्त्रीले जवाफ दिने, दुई विधेयक पेश हुने 

मंगलबार, भदौ २५, २०८१

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्