ईन्दिरालाई कोर्रा हानेर उपसभामुख खाली गर्ने, सीतालाई लगेर तत्कालै भर्ने

मंगलबार, भदौ २५, २०८१

संवैधानिक परिषद्मा एकलौटी गर्न सत्ताधारी दलले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रानालाई हटाउन राजी भएका छन्। उपभासमुख संवैधानिक परिषद्को सदस्य हुने प्रावधान छ । हाल संवैधानिक परिषद्मा सत्तारुढ दलको बहुमत नभएपछि यसरी महाअभियोग लगाउन लागिएको हो ।

सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा यसबारे सहमति भएको हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नै यससम्बन्धि प्रस्ताव राखेका छन् । भिसाका लागि पत्र लेखेकै आधारमा उनलाई महाअभियोग लगाउन लागिएको हो । इन्दिरा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी हुन्।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहन्छन् । हाल सत्तासँग दुई मात्र सदस्य भएपछि निर्णय नहुने भएकाले मनोमानी गर्न उपभासमुख हटाउन लागिएको हो । संवैधानिक परिषद्मा नियुक्तिका लागि बहमुत आवश्यक हुन्छ ।

रानालाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउन ओली राजी भएका छन्। कांग्रेसकी सांसद पूर्वमन्त्री सीता गुरुङलाई उपसभामुख बनाउने चर्चा छ। 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्