उपसभामुखलाई हटाउने भएपछि रविको पार्टी आत्तियो, प्रचण्डलाई गुहारे 

मंगलबार, भदौ २५, २०८१

सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्। ‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख राना मगरविरूद्ध प्रतिनिधि सभामा प्रस्तुत दर्ताको तयारी गरेका हुन्। 

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखले पछिल्लो समय पद अनुकूलको आचरण नगरेको उल्लेख गर्दै मार्गप्रशस्त गर्न आग्रह गरे।

‘मैले पनि मिडिया हेरेर थाहा पाएँ। उपसभामुखले पदअनुकूलको आचरण-व्यवहार गर्नुभएको छैन। पदीय मर्यादाको कुरा गर्नुभएको छैन,’ बर्तौलाले भने, ‘यो गम्भीर त्रुटि हो, यो मानवीय त्रुटि होइन। नियतवश गरिएको पदीय आचरणविपरीतको गतिविधि हो।’

रास्वपाको कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेपछि राजनीतिक वृत्त तरंगित भएको छ। अहिले रास्वपाले आकस्मिक बैठक बोलाएको नेताहरूले बताएका छन्। प्रचण्डलाई समेत फोन गरेर गुहार मागेको श्रोतको दाबी छ। 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्