ओली सरकारका एक मन्त्री बिहान र अर्का मन्त्री दिउँसो विदेश उडे

मंगलबार, भदौ २५, २०८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत गएका छन् । 

बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । 

एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सम्मेलनको समापन समारोहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा झण्डै ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ । आजै बिहान वन मन्त्री एँन बहादुर शाही ब्राजिल उडेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्