उपसभामुख र धनराजको विषयमा कुरा गर्न देउवालाई लाग्यो तातो

बुधबार, भदौ २६, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन । आज बिहान बुढानीलकण्ठस्थित निवासमा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

सत्तारूढ दलको सोमबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले उपसभामुखको विकल्प खोज्नेबारे अन्य दलको धारणा मागेपछि देउवाले पदाधिकारी बैठक आह्वान गरेका हुन् । बैठकमा उपसभापति धनराज गुरुङकको नाम सहकारी प्रकरणमा जोडिएको विषयमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले बैठकबाट अविश्वासको प्रस्तावका विषयमा निर्णय लिनेछ । त्यसअघि कांग्रेसले मंगलबार नै आफ्ना सांसदको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्