प्रधानमन्त्री ओलीले डाके संवैधानिक परिषद्को बैठक

बुधबार, भदौ २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ।

नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको स्रोतले जनाएको छ। परिषद् बैठकको एजेन्डाका विषयमा खुलाइएको छैन।

उपसभामुख इन्दिरा रानालाई हटाउनका लागि एमाले–कांग्रेस लागेका छन्। यही बेला प्रधानमन्त्रीले परिषद् बैठक बोलाएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्