सोसल मिडिया
युनिकोड
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन थालेका छन् । मंगलबार अनसनबाट उठाएर प्रहरीले उनलाई घरमा पु¥याइदिएका थिए । तर, उनी राति नै फर्किएर पुनः अनसनमा बसेका छन् ।
कार्की अहिले विराटनगरस्थित अदालत जाने बाटोमा अनसन बसेका छन् । आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की मंगलबार प्रदेशसभा भवननजिकै अनसन बसेका थिए ।
प्रदेशसभा भवन आसपास निषेधित क्षेत्र तोकिएका कारण उनलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएका थिए । त्यसक्रममा प्रहरीले लाठीचार्ज समेत गरेको गरेका थिए । प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका–२ स्थित उनको घर पु¥याइदिएको थियो । तर उनी मंगलबार राति नै फर्किएर अनसन थालेका हुन् ।