उपसभामुख इन्दिरा रानाले राजीनामा दिनुपर्नेमा कांग्रेसको जोड 

बुधबार, भदौ २६, २०८१

सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरमाथि उठेको प्रश्न गम्भीर रहेको ठहर गर्दै मार्गप्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ। 

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। 

‘कांग्रेसको आधिकारिक धारणा भनेको उहाँमाथि गम्भीर प्रश्न उठेको हो। आफैँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ,’ घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन। उहाँले जुन काम गर्नुभयो, त्यसले संसदलाई नै अपमानित गर्ने काम गरेको छ। मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ।’

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्