सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाले बनाएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पछिल्लो पटक थपिएको १५ दिने म्याद भित्रै काम तमाम गर्ने भएको छ।
प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा गठित समितिले केही दिनभित्र प्रतिवेदन बुझाउने गरी काम गरिरहेको हो। त्यसै सन्दर्भमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी विभागक पूर्वरजिष्ट्रारहरूलाई बोलाएर सोधपुछ गरेको छ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका संयोजक क्षेत्रीले सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानबिन गरिरहेको संसदीय छानविन विशेष समितिको विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरेको जानकारी दिएका छन्। त्यसका साथै अनुभवकेन्द्रित परामर्श र छलफल गरिएको उनले जनाएका छन्।
समितिका संयोजक क्षेत्रीले सहकारी विभागका तत्कालीन रजिष्ट्रारहरूले कानुनविपरीत सहकारी संस्थाको क्षेत्राधिकार विस्तार गर्न दिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले त्यो छानबिन कुरा प्रतिवेदनमा पनि उल्लेख गर्ने उद्घोष गरेका थिए। त्यसको केही समयपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति सहकारी विभागका पूर्व रजिष्ट्रारहरूलाई समितिमा बोलाएर सोधपुछ गरेको हो।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी विभागका पूर्वरजिष्ट्रारहरू डा. टोकराज पाण्डे, नमराज घिमिरे, झलकराम अधिकारी, लीलाप्रसाद शर्मा, शिवकुमार कार्कीलगायतकासँग सोधपुछ गरेको छ। त्यस्तै वागमती प्रदेशको सहकारी महाशाखाका पूर्व रजिष्ट्रारहरुलाई पनि समितिमा बोलाएर सोधपुछ गरिएको संयोजक क्षेत्रीले जानकारी दिए। यी सबै नेपाल सरकारका सहसचिव हुन्। टोकराज र नमराज यातायात विभागका पूर्व महानिर्देशक पनि हुन्। दुवै माथि नक्कली लाईसेन्स प्रकरणको वात् लाग्ने गरेको छ। उता, झलकराम सुनकाण्डमा जोडिएका खुंखार कर्मचारी हुन्। राजस्व अनुसन्धान विभाग हुँदै अध्यागमन विभागको महानिर्देशक हुँदा सुनकाण्डमा मुछिएर जिम्मेवारी बाट हटाईएका थिए।