सोसल मिडिया
युनिकोड
नेकपा एकीकृत समाजवादी उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने भएको छ ।
बुधवार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटी बैठकले उपसभामुखको पक्षमा उभिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । उपसभामुखको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने तयारीमा सत्तारुढ दल रहेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो सांसदलाई राजधानी नछाड्न ‘ह्वीप’ जारी गरिसकेका छन् ।