सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले भदौ ३१ गते (सोमबार)बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न लागेका हुुन् ।
प्रधानमन्त्री ओली आगामी असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । त्यसअघि महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे उनले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।