सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले बोलाएपछि कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्।
तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो । ‘नेताहरुबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ, के विषयमा छलफल भएको भन्ने जानकारी भएन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीको आशन्न संयुक्त राष्ट्रसंघमा सहभागी हुने लगायत विषय हुनसक्छ ।’
सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ । त्यस्तै संवैधानिक परिषदको बैठक लगायतका विषयमा आन्तरिक सहमतिका लागि तीन नेता बीच छलफल भएको बुझिएको छ। हिजै मात्र माओवादीका सांसदको अवरोधले आईतबार सम्म सदन स्थगित भएको छ। सोमबार प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ।