सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार आज प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गरेका हुन्।
सरकारको कामलाई गति दिनका लागि ओलीले आफू नेतृत्वमा सरकार गठन भएको दुई महिनापछि कार्यसम्पादन सम्झौता अगाडि बढाएका हुन्। जनताका समस्या समाधान गर्ने गरी मन्त्रीहरूले कार्ययोजना पेश गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यक्रममा मन्त्रालयका सचिव र उच्च अधिकारी पनि सहभागी रहेका छन्।