एकैपटक १०० वटा गाउँपालिकाले हाकिम पाए, कसले कुन गाउँपालिका पाए ? (सूचीसहित) 

बिहीबार, भदौ २७, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ ।

मन्त्रालयले बुधबार नवनियुक्त शाखा अधिकृतलाई रिक्त रहेका १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो । शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।

१२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् । रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्