रवि लामिछानेले डामेर छोडेका पूर्वसांसद ढाका श्रेष्ठलाई प्रहरीले समात्यो 

बिहीबार, भदौ २७, २०८१

रवि लामिछानेले डामेर छोडेका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका-२ स्थित बागलुङ बसपार्कमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको छ । उनले यस अघि पनि प्रतिवन्धित औसधि बेच्ने गरेको पाईएको हो। 

मन्त्री बन्न रविलाई पैसा बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईलाई पैसा मागेपछि उनको सांसद पद चट् भएको थियो। 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्