सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पूर्वाधार बिकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
बिहीबारदेखि काठमाडौंमा सुरु नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार वकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
सरकार एक्लैले पूर्वाधार विकास गर्न नसक्ने भएकाले निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन् । आवश्यक पूर्वाधार बनाउँदै ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई सबै मिलेर साकार बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ओलीले तीन तहको सरकार मिलेर देशको आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्ने धारणा राखे । उनले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण बनाउन सरकार तयार रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीपछि नेपालको अर्थतन्त्र क्रमशः पुनर्उत्थान हुँदै गएको बताउँदै नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने जानकारी दिए ।
नेपाल उद्योग परिसंघको आयोजना भएको सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् । सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रबारे छलफल हुने आयोजकले जनाएको छ ।