ओली सरकारको ध्यान सहसचिव सरुवामा,फेरि पाँच बढी दर्जन यताउता

बिहीबार, भदौ २७, २०८१

ओली सरकारले सहसचिव सरुवालाई ज्यादा महत्व दिएको छ।  आजको क्याबिनेटमा पाँच दर्जन बढी सहसचिव सरुवाको प्रस्ताव पुगेको छ।  आजैका मितिमा निर्णय गरेर नाम र संख्या तलमाथि पारिने बुझिएको छ। 

सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा सूची मन्त्रिपरिषदमा पठाइएको हो । प्रदेशका धेरै सचिव संघमा भित्रिने भएका छन्। 

यस अघि साउनको अन्तिम साता ५९ जना सहसचिवको सरुवा गरिएको थियो । जसमा छुटेका तथा सरुवा गर्नुपर्ने अवधि पुगेका सहसचिवहरूलाई सरुवा गर्न लागिएको हो। सहसचिव सरुवापछि धेरै कार्यालयका हाकिमको पनि हेरफेर हुने बुझिएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्