कस्तो हुन्छ आजको मौसम ? 

शुक्रबार, भदौ २८, २०८१

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। यतिबेला देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीकोसमेत प्रभाव देखिएको छ।

यतिबेला (शुक्रबार बिहान) गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ। देशका बाँकी क्षेत्रको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा अहिले मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली रहनेछ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। 

रातिː सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहनेछ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका केही तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा राति हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्