शहरी विकाश मन्त्रालयको जिम्मामा धरहरा, असोज तीन देखि चढ्न पाईने

शुक्रबार, भदौ २८, २०८१

सरकारले नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ देखि सर्वसाधारणका लागि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले ढल्नु अघि अघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो ।

महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । बिहीबारको मन्त्रिपरिषद बैठकले भने धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्