ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले पठायो ६५ लाख

शुक्रबार, भदौ २८, २०८१

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा शुक्रबार सो रकम जम्मा गरेको हो ।

पुरस्कार रकम जम्मा गरेपछि एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालगायत अन्य सम्मान गरेका छन् । सो कार्यक्रममा पलेशाको खाताको रकम जम्मा भइसकेको जानकारी गराइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलाडीको खेल अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए ।

यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्