प्रधानमन्त्री ओलीले सम्बोधन गरेकै दिन संसद्को चालु अधिवेशन अन्त्य

शुक्रबार, भदौ २८, २०८१

संसद्को चालु अधिवेशन भदौ ३१ गते रातिबाट लागू हुने गरी अन्त्य गर्ने तयारी भएको छ। सरकारले चालु अधिवेशन भदौ ३१ गतेदेखि अन्त्यका लागि तयारी गरिरहेको सरकारका एक मन्त्रीले जानकारी दिए।

त्यसअघि सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ।

‘भदौ ३१ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्दै हुनुहुन्छ। त्यही दिन रातिबाट संसदको चालू अधिवेशन समेत अन्त्य हुने सम्भावना छ’, ती मन्त्रीले भने।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्