सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल हुनेछ । राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट गराउने बैठकको एजेन्डा रहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा छलफल, भेलाको हालसम्मको तयारी प्रस्तुत र छलफल, राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू बैठकमा प्रस्ताव गर्दै आवश्यक छलफल हुने झाले बताए ।