देशभर मनसुनी वायुको प्रभाव, कता-कता पर्छ आज पानी ?

आइतबार, भदौ ३०, २०८१

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। 

यतिबेला (आइतबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

अहिले यी प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी तराईका भूभाग सामान्यतया मौसम सफा छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  

राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीकोसमेत सम्भावना छ। 

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कोसी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्