सिमलतालमा फेरि ट्रक खस्यो, चालक र सहचालक बेपत्ता

आइतबार, भदौ ३०, २०८१

नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा ट्रक खसेको छ । ना ६ ख ६२८३ नम्बरको आरएमसी कम्पनीको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको हो । ट्रकका चालक र सहचालक बेपत्ता छन् । उनीहरूको परिचय खुलेको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्