वेस्ट इन्डिज ‘ए’ र नेपाल चौथो खेलका लागि आज भिड्दै 

बिहीबार, वैशाख २०, २०८१

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । त्रिवि क्रिकेट मैदानमा कीर्तिपुर दिउँसो १ बजे बाट खेल सुरु हुनेछ । 

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ए २– १ ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो । दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्