बालेनको अड्डामा किन टिक्दैनन् हाकिम ? आफैले लगेकालाई किन हुत्याए ?

आइतबार, भदौ ३०, २०८१

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको छोटो समयमै सरुवा भएको छ ।

नगर कार्यपालिकाको निर्णय हेरफेर गरी ‘आफन्त’लाई जागिर खुवाएको आरोपमा काठमाडौंका मेयर बालेन्द्र शाहले आन्तरिक अनुसन्धान गर्दै अघिल्ला प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई धपाएर परियारलाई ल्याइएको थियो ।

उनलाई मेयर बालेनकै आग्रहमा ल्याइएको चर्चा चलेको थियो । महानगर जानु अघि तीन पटक बालेन र परियारको मिटिंग भएको थियो। 

अहिले परियारको सरुवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भएको छ भने उनको ठाउँमा सरोज गुरागाईँ आएका छन् । गुरागाईँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् । गत वर्ष माघ ५ गते परियार काठमाडौं महानगरपालिकामा आएका थिए ।

मेयर बालेन र परियार एकै उमेर समूहका हुन्।  बालेन र परियार दुवै युवा भएकाले महानगर तीब्र गतिमा चल्ने लाख काटिएको थियो। तर, बालेन संग गरेको प्रतिवद्दताका विपरित आर्थिक जोहो गर्ने खेलमा परियार लागेपछि उनलाई हटाईएको हो। 

आर्थिक वर्षको अन्तिममा रकम भुक्तानी गर्दा कमिशन मागेको सबुत बालेनले फेला पारेपछि प्रदीपको महानगर बसाई टुंगिने चरणमा पुगेको हो। असार अन्तिम बाटै बालेन प्रमुख प्रशासकीय अधिकृतको खोजीमा थिए।  चालिस लाखको भुक्तानीमा र्याल चुहाएपछि प्रदीप माथि डण्डा बर्सिएको महानगर शोरको भनाई छ। 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्