सोसल मिडिया
युनिकोड
संघीय संसद्को चालु वर्षे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदैछ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ मा सुरु भएको थियो ।
माओवादी केन्द्रले संसद्मा अवरोध गरेकोे, असोज १ र ३ गते सरकारी बिदा परेको र ४ गते प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभाका लागि जानुपर्ने कारण देखाउँदै सरकारले संसद्को अधिवेशन अन्त्य गरेको हो ।