सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सोमबार सुनको मूल्यले रेकर्ड कायम गर्न सफल भएको छ । लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो ।
यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रूपैयाँ बढेर एक हजार नौ सय १५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।