संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरबारे असोज २ गते निर्णय गर्ने

सोमबार, भदौ ३१, २०८१

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरबारे असोज २ गते निर्णय गर्ने भएको छ ।

प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिएपछि अन्तिम निर्णयका लागि हिजो (आइतबार) बैठक बोलाइएको थियो । तर, प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै सुनुवाइ समितिको बैठक अचानक स्थगित गरिएको थियो ।

समिति सदस्य ईश्वरी घर्तीमगरले २ गते ११ बजे सिंहदरबारमा बस्ने बैठकले राजदूतहरुबारे निर्णय गर्ने बताए । समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्