सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी ४ असोजमा संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी गराएका छन्।