राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु वर्षे अधिवेशन अन्त्य गरे

सोमबार, भदौ ३१, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु वर्षे अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले आज (सोमबार) राति १२ बजेबाट लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।image-56-768x1056-1726477955.png

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्