सेयर बजारमा भारी अंकको गिरावट, कति भयो कारोबार ?

सोमबार, भदौ ३१, २०८१

साताको कारोबारको दोस्रो दिन पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ५७ दशमलव ०३ अंकले घटेर २५८० दशमलव ७६ को विन्दुमा झरेको छ ।

सोमबार ३१२ कम्पनीका ९२ हजार ८ सय १५ पटकको कारोबारमा १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ रहेको छ ।

२२७ कम्पनीको सेयर मूल्य घट्दा १२ वटाको बढेको छ भने ३ वटाको स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेको छ ।

आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्