सोसल मिडिया
युनिकोड
हिजो बुधबार घट्नुसम्म घटेको सुनको मूल्य आज भने ह्वात्तै बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।